ओझेलमा तलछडी झरना

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका- ५ स्थित गाेठी गाउँमा पर्ने तलछडी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेकाे छ। सर्केगाड गाउँपालिकाले संरक्षणकाे अभावमा याे झरना ओझेलमा परेकाे हाे।

पर्यटकीय रूपमा प्रचुर सम्भावना रहेकाे प्रचारप्रसारको अभावमा गुमनामझैँ रहेको छ। जिल्लाकाे मध्यभेगमा रहेकाे सुन्दर तलछडी झरना स्थानीय तहले चिन्ता र चासाे नदिएपछि ओझेलमा परेकाे स्थानीय देवबिक्रम शाहीले दुःखेसाे गरे। 'गाउँपालिका  केन्द्रबाट एक घण्टा टाढा रहेकाे तलछडी झरना कसैको चासाे नदेखाएपछि गुमनामझैँ छ,' शाहीले भने।

स्थानीय, प्रदेश र संघीय सरकारले आँखा नपुगेको यो झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको सर्केगाड गाउँपालिका- ५ की सुर्जा शाहीले बताइन्। 'झरनालाई पर्यटकीय गन्तव्य बनाउने हो भने पर्यटकको आगमनले यहाँको आर्थिक गतिविधिसमेत बढ्ने थियो,' शाहीले भनिन् । 

सुझावित समाचार