बेकोको इन्भर्टर एयर कन्डिसनर बजारमा

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भर्टर एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गो क्लिन, जोनफलो, गोल्ड गार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजी रहेको जाडो र गर्मी दुवै मौसममा उपयोगी हुने एयर कन्डिसनर बजारमा ल्याएको हो । 

यसको गो क्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोरहरू आफँै पखाल्ने हुनाले एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न नदिने, गन्ध घटाउने र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीको दाबी छ । साथै, यसको गोल्ड गार्ड फिचर्सले एयर कन्डिसनरलाई उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्ने जनाइएको छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गरी स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्ने जनाइएको छ । 

यसको रिमोटमा रहेको विशेष सेन्सरले प्रयोगकर्तालाई  कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउने जनाइएको छ । कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ । यसमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । 

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल सोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ । कम्पनीका सिजी डिजिटल सोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेको जनाइएको छ ।  

सुझावित समाचार