संस्कृति मन्त्रालयद्वारा ४३ स्रष्टा पुरस्कृत

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका ४३ स्रस्टालाई पुरस्कृत गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रस्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको मन्त्रालयले जनाएकाे छ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल, हेम पौडेल छन्। प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् भने महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौत सम्मानित भएका छन्।

मन्त्रालयका अनुसार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरी, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर तथा भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौला सम्मानित भएका छन्।

सुझावित समाचार