सेयर बजारमा ३४ अंकको गिरावट

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन शुुक्रबार नेप्से परिसूूचक ३४ दशमलव ७० अंकले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ बिन्दुुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ६० अंकले घटेर तीन सय ७९ दशमलव ८९ अंकमा आइपुगेको छ । 

नेप्से सूूचक दुई हजारको मनोवैज्ञानिक तहबाट तल खसेको हो । शुक्रबार दुुई घन्टा भएको काराबोरमा एक सय ७६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको सेयर मूूल्य बढेको छ । कारोबारमा आएका १३ वटै समूूहका सूूचक घटेका छन् । होटेल तथा पर्यटन समूूह, फाइनान्स समूह र टेड्रिङ समूूहको सूूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यस्तै, चार समूूहको सूूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बाँकी समूूहको सूूचकमा १ प्रतिशतको गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १७ कम्पनीको ३० लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । जसमा शिवम् सिमेन्ट, युुनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, अरुण काबेली पावर र नेपाल दूूरसञ्चार कम्पनीको तीन करोड रुपैयाँदेखि पाँच करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

घटेको बजारसँगै हिमालयन ऊर्जा विकास कम्पनी, बलेफी हाइड्रोपावर, हिमालयन दोलखा हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ प्रतिशतदेखि पाँच दशमलव ४४ प्र्रतिशतसम्मले घटेको छ । ग्लोबल आइएमई समुुन्नत स्किम, नबिल इक्विटी फन्ड, कुुमारी बैंकको ऋणपत्र, लक्ष्मी इक्विटी फन्ड, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब २ प्रतिशतदेखि दुुई दशमलव ८२ प्रतिशतले बढेको छ । 

आइओएसमा पनि मेरो सेयर एप प्रयोग गर्न सकिने

केन्द्रीय निक्षेप प्रणाली (सिडिएस्सी)ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आइओएसमा पनि उपलब्ध हुने भएको छ । सिडिएस्सीले नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आइओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको हो । यसअघि सिडिएस्सीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । 

सुझावित समाचार