ओमेगा इन्टरनेसनल स्कुलको आयोजनामा तेस्रो ओमेगा कप एसइई थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगिताको पुरुषतर्फ २० र महिलामा पाँच गरी २५ टोलीको सहभागिता रहने ओमेगाका इसिए कोअर्डिनेटर मनोजराज राजोपाध्यायले बताए ।
खेल लिग कम नकआउट आधारमा हुनेछ । पुरुषतर्फको विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपैयाँ पाउनेछन् । महिलातर्फको विजेताले सात हजार र उपविजेताले पाँच हजार प्राप्त गर्नेछन् ।