दुई वर्षीया बालिकाको डुबेर मृत्यु

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका– २ की अनुषा महतो रहेकी छिन् । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो । 

सुझावित समाचार