पर्यटन प्रवर्द्धन गर्न साउथ अस्ट्रेलियामा सरकारले तोक्यो मानार्थ जनसम्पर्क प्रतिनिधि

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

नेपाल सरकारले द हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अस्ट्रेलियाका लागि मानार्थ जनसम्पर्क प्रतिनिधिमा नियुक्त गरेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा संस्थाले गरेको मूल्यांकन गर्दै दुई वर्षको लागि (२७ जुन २०२२ देखि) नियुिक्त दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत राजकुमार दुलालद्वारा हस्ताक्षरित पत्रमा पर्यटन प्रवर्द्धनमा सोसाइटीले उत्कृष्ट काम गर्नेमा विश्वास व्यक्त गरेका छन् । नेपाली पर्यटन उद्योगका लागि अस्ट्रेलियामा रहेको नेपाली दूतावास, टुर अपरेटरहरू, मिडिया, कूटनीतिक एजेन्सीहरू र एनआरएनएका साथै अन्य क्लब, संघ र सम्भावित आगन्तुकहरूलाई नेपाल यात्राको चासो जगाउन र प्रोत्साहित गर्न काम गर्ने भएको छ ।

त्यसैगरी, नियमित रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराउनेछ । जसले नेपालमा विदेशी पर्यटकको संख्या बढाउने अपेक्षा गरिएको छ । 

सोसाइटीमा अध्यक्ष गोविन्द रानाका अनुसार हालै सोसाइटीले साउथ अस्ट्रेलियका उच्च राजनीतिक नेतृत्वलाई नेपाल भ्रमणका लागि पहल गरेको सन्दर्भमा पर्यटन मन्त्रालयले सोसाइटीलाई यो जिम्मेवारी दिएको बताए । यस जिम्मेवारीले दायित्व बढाएकोसमेत उनी बताउँछन् । 

सोसाइटीका संस्थापक सदस्य राजन केसी (रिजर्न)का अनुसार यसै वर्ष स्थापना भएको यस सोसाइटीले नेपालको बहुसंस्कृति अस्ट्रेलियामा चिनाउन र नेपालीबीच सांस्कृतिक एकताको भावना विकास गर्ने काम गरिरहेको छ । सोहीअनुसार आगामी दिनमा समेत पर्यटन मन्त्रालयले तोकेबमोजिमका कार्य सबै सरोकारवालाहरूको सहकार्यमा सोसाइटीले पूरा गर्ने उनी बताउँछन् । 

सुझावित समाचार