प्रिमियरमा फुटसल र बास्केटबलको तयारी

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

प्रिमियर इन्टरनेसनल आइबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता २६ असारदेखि हुने भएको छ । दुवै खेलमा बढीमा २४ टोलीलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाए ।

बास्केटबल थ्री बाई थ्री स्वरूपमा हुनेछ । महिलातर्फको बास्केटबल दुई सातापछि हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
 

सुझावित समाचार