अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिनुपर्छ : झपट रावल

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण
अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिनुपर्छ : झपट रावल

फाइल फाेटाे

एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने उनले बताए। सांसद रावलले अध्यागमनबारे हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘अध्यागमन निजामती कर्मचारीलाई भन्दा पनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ। यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ। अध्यागमन भनेको आफैँमा सुरक्षा हो। अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकायअन्तर्गत राख्ने गरेर जानुपर्छ,’ उनले भने।

सुझावित समाचार