कोभिडपछि नेपाल आएका २८१ विद्यार्थी मंगलबार चीन फर्कँदै

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

कोभिड– १९ का कारण अध्ययन बीचमै छाडेर स्वदेश फर्किएका नेपाली विद्यार्थी अन्तत: चीन फर्कन पाउने भएका छन्। नेपाल फर्किएकामध्ये दुई सय ८१ जनालाई चीनले मंगलबार लैजान लागेको हो ।

आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन्। नेपाल सरकारले कोभिडपछि स्वदेश फर्किएका आठ सय ५० विद्यार्थीको सूची चिनियाँ राजदूतावासलाई बुझाएको थियो । त्यसमध्ये दुई सय ८१ जनालाई मंगलबार चीनले लैजान लागेको हो।

सुझावित समाचार