प्रहरी स्कुललाई दोहोरो उपाधि

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरी स्कुल (एनपिएस) ले बागमती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको पुरुष र महिला दुवै टोलीले उपाधि हात पारेका हुन् । दशरथ रंगशालामा भएको पुरुष फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित ग¥यो । 

महिलातर्फको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’ मा २–० ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

पुरुषतर्फ प्रहरीका पदम चौलागाईं तथा महिलामा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलामा नौ टोलीले भाग लिएको आयोजकले जनाएको छ । 
 

सुझावित समाचार