कीर्तिपुरले राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार पहिलो खेलमा कीर्तिपुरले आइएस नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरले दोस्रो खेलमा गोल्डेनगेटलाई ७९–६४ ले पराजित ग¥यो । कीर्तिपुरका पारस योञ्जनले २२ स्कोर र गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरेका थिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बिएमकेले पनि जित निकाले ।
टाइम्सले जेभियर इन्टरनेसनललाई ६७–५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गरे । बिएमकेले बलर्स एकेडेमीलाई ७१–४० ले पराजित ग¥यो । बिएमकेका सोनाम प्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ स्कोर गरे ।