औषधि गोदाममा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

बालुवाटारस्थित एक भवनमा रहेको औषधि गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले दमकलको सहायताले तीन घन्टामा आगो निभाएका हुन् । 

आगो निभाउन प्रहरीको वाटर क्यानोन, तीनवटा दमकल र केही पानीट्यांकी प्रयोग गरिएको थियो ।

सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधि गोदाममा आगो लागेको प्रहरीले जानकारी दिएको छ । आगो बिहान ७ बाट लागेको थियो । आगलागीको कारण भने खुलेको छैन । 

सुझावित समाचार