अविरल वर्षा जारी : कहाँ–कहाँ बाटो अवरुद्ध ?

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका अधिकांश भू–भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण गएको पहिराेले राजमार्ग अवरुद्ध हुनुका साथै होचा ठाउँहरू डुबानमा परेका छन् । 

कहाँ–कहाँ बाटो अवरुद्ध ? 
वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । 

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात् पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा  आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नवलपुर सडकखण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग र बाग्लुङ - म्याग्दी सडक अवरुद्ध

वर्षाले विराटनगर महानगरका विद्यालय तीन दिन बन्द, रंगेलीमा कल्भर्ट बगाउँदा सवारी अवागमन अवरुद्ध   

अविरल वर्षाले दुःख गरेर बनाएको घर बगायो, विस्थापित सुकुमबासी बजारको टहरामा

See More On

सुझावित समाचार