काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरेको हो।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्।
अब उनीहरूको संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्नेछन्।