मंसिर २१ मा संघ र प्रदेशको निर्वाचन : मन्त्री चौधरी

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुने गरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताए । 

उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि घोषणा गर्ने तयारी रहेको बताए। ‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिनँ, तर मंसिरको २१ गते हुने गरी  संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला,’ उनले भने ।

सुझावित समाचार