रामचन्द पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा (एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । 

उनले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताए। उनले पार्टीहरूले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पुर्याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए । वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गरे । 

‘एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । ४ दिन काम गर्न पाएका छैनन्, त्यसलाई हटाउनुपर्ने फेरीफेरी पालैपालो पुर्याउनुपर्ने त्यो पनि पार्टी सिस्टम हो ? सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई कहाँ त्यस्तो हुन्छ ? त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन,’ उनले भने, ‘म एउटा प्रश्न गर्न चाहन्छु, आज समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ, यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौँ कि ? हामी के आचरण र व्यवहार गरिरहेका छौँ  ।’ 

सुझावित समाचार