रवि लामिछाने र पुकार बमबीच छलफल

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमलगायतबीच भेटवार्ता भएको छ।

कलाकार निर्मल शर्माको समन्वयमा भएको भेटमा विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान, चेन्ज मेकर्स लिग र प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा छलफल भएको बमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। भेटमा काठमाडौं क्षेत्र नं १ मा बमको उम्मेदवारीलगायतका विषयमा पनि छलफल भएको उनले बताएका छन् । 

(*राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमबीच भेट भएको हुनुपर्नेमा यसअघि अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । सं.)

सुझावित समाचार