सेम्पुमा मिसाएर अवैध सुन ल्याउने एक व्यक्ति पक्राउ

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

स्याम्पुमा मिसाएर अवैध रूपमा सुन ल्याउने एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। शुक्रबार बिहान करिब पौने ८ बजे सलाम एयरवेजमार्फत नेपाल आएका सिराहाका निरञ्जनकुमार सिंह सय ग्राम अवैध सुनसहित पक्राउ परेका प्रहरीले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयमा चेकजाँच गर्ने क्रममा उनले स्याम्पुमा मिसाएर सुन ल्याएको खुलेको हो। पक्राउ परेका सिंहमाथि भन्सार कार्यालयले थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

सुझावित समाचार