सुनको मूल्य २०० रुपैयाँले बढ्यो

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार पाँच सय पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला  ९७ हजार तीन सयमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँचले घटेर  एक हजार दुई सय ५० तोकिएको महासंघले जनाएको छ ।     

See More On

सुझावित समाचार