एन्फा कार्यसमितिको पहिलो निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई प्रशिक्षणमा बाेलाउने

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रिय टिमबाट निकालिएका फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिर्ता बोलाउने भएको छ । 
एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निकालिएका सबै खेलाडीलाई स–सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो । बैठकपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीहरूलाई स–सम्मान प्रशिक्षणमा बोलाउने निर्णय भएको जानकारी दिए । 
बैठकले राष्ट्रिय टिमका प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसनसँग आवश्यक छलफल गरेपछि निर्णय लिने निर्णय पनि गरेको छ । 
 

सुझावित समाचार