नेपाल वायुसेवा निगम (नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गत कात्तिकमा अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए । निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेललाई हटाएर नियुक्त गरिएका अधिकारी राष्ट्रिय ध्वजावाहक वायुसेवा सञ्चालनमा अक्षम रहेको ठहर गर्दै मन्त्री आलेले नै निलम्बनको सिफारिस गरेका हुन् । पछिल्लो समय अधिकारी र आलेको सम्बन्ध राम्रो थिएन ।