भारतबाट फर्केका तीन नेपालीमा कोरोना पुष्टि

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

भारतबाट फर्कँदै गरेका तीन नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। जमुनाह नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्दा तीन नेपालीमा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)का फोकल पर्सन तेज ओलीले जानकारी दिए।

सोमबार एक सय ४४ जनाको कोभिड जाँच गर्दा काठमाडौं, जाजरकोट र बर्दियाका एक–एकजनामा कोरोना पुष्टि भएको उनले बताए। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि कामका लागि भारत गएर फर्किने नेपालीमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

सुझावित समाचार