जिसस चितवनको उपप्रमुखमा एकीकृत समाजवादीकी काफ्ले निर्विरोध

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिति चितवनको उपप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छिन्। उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित भएकी हुन्।
 
चितवनको जिससमा प्रमुख र उपप्रमुखसहित १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो। जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायणप्रसाद अधिकारीको उम्मेदवारी परेको छ।

सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ भने मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय गर्ने कार्यतालिका छ। नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ। मतदानमा सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले भाग लिनेछन्।

गठबन्धनमा आबद्ध दल र एमालेको समान सात भोट रहेको छ। निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार