साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से सोमबार १५.८२ अंकले घटेर दुई हजार ३२.३४ बिन्दुमा झरेको छ।
आज २३० कम्पनीको २९ लाख २० हजार कित्ता सेयर खारिदबिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।
नेप्से ओरालो लागे पनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर्सको सेयर रहेका छन्। यता मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।