नबिल ग्रोथ फन्डको इकाइ ९ मंसिरदेखि बिक्री खुला

सोमबार, ३० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नबिल म्युचुअल फन्डअन्तर्गत नबिल ग्रोथ फन्डको इकाइ ९ मंसिरदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले एक अर्ब रुपैयाँबराबरको प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाइ निष्कासन गर्न लागेको हो ।

जसमध्ये एक करोड ४० लाख इकाइ कोष प्रवर्द्धक नबिल बैंक र १० लाख इकाइ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सुरक्षित गरी बाँकी आठ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ । बन्दमुखी योजनाको अवधि १० वर्षको हुनेछ ।

यस फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड इकाइसम्म माग गर्दै १४ मंसिरसम्म आवेदन दिन सक्नेछन् । फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सुझावित समाचार