टेलिकमको इन्टरनेट अफर अवधि थप

सोमबार, ३० कार्तिक, २०८३
प्रिन्ट संस्करण


काठमाडौं/ नेपाल टेलिकमले ३० एमबिपिएसको एनटी फाइबर इन्टरनेट अफरको अवधि थप गरेको छ ।

ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले अफरको समयावधि आगामी पुस ३० गतेसम्म थप गरेको हो ।

कम्पनीका अनुसार ३० एमबिपिएस क्षमताको एनटी फाइबर इन्टरनेट वार्षिक चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसअघि तोकिएको अवधिमा सीमित रहेको उक्त अफर अब ३० पुससम्म लिन सकिने कम्पनीले जनाएको छ ।

सुझावित समाचार