लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी, पाँच लाखबराबरको क्षति

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी  भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका– ९ सिउडीबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजेको समयमा  आगलागी  भएको हो ।

आगलागी हुँदा सातवटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएको एउटा मोटरसाइकल र दुईवटा स्कुटर पूर्ण रूपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए ।

सिसिटिभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर आगलागी भएको देखिएको छ । आगलागीको सूचना पाएलगत्तै प्रहरी र स्थानीय मिलेर  आगो नियन्त्रणमा लिएका थिए ।
 

See More On

सुझावित समाचार