नेप्से १४ अंकले घट्यो

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। शुक्रबार नेप्से १४.६४ प्रतिशतले घटेर दुई हजार ४८.१६ बिन्दुमा झरेको छ।

कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लख रुपैयाँबराबरमा कारोबार भएको छ। बिहीबारको तुलनामा शुक्रबार कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबार एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। त्यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबैभन्दा कम ०.३० प्रतिशतले घटेको छ।

नेप्से सूचक दोहोरो अंकले घटे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ग्रिन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको सेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ।

सुझावित समाचार