नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारिलाई आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन् । अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित कार्यालयका नेताहरूसँग भएको छलफलमा प्रचण्डले संगठनभित्रको समस्यालाई समाधान गर्नसमेत भनेका छन् ।
संगठनलाई विस्तार गरी समाजमा राजनीतिक चेतनासहितको सन्देश दिनसमेत निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।
निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै प्रचण्डले युवा विद्यार्थी त्यहीअनुसार अघि बड्नुपर्ने बताएका थिए।
पछिल्लो निर्वाचनमा पार्टीले युवालाई अघि बढाएको र अबको निर्वाचनमा पनि युवालाई अघि बढाउने प्रचण्डले प्रतिबद्धता जनाएका छन्। संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ सहभागी थिए।