मलको माग गर्दै किसान महासंघले बुझायाे ज्ञापनपत्र

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानका लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र लिमिटेडमार्फत कृषि सामग्री केन्द्र लिमिटेडले  केन्द्रीय कार्यालय र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

मंगलबार धुलिखेलस्थित सामग्री कम्पनी लिमिटेडको कार्यालयमै पुगेर  महासंघले कम्पनीका वासु शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । रासायनिक मलको चरम अभावले काभ्रेलगायत चार जिल्लाका किसान ठूलो मारमा परेको कारण ज्ञापनपत्र बुझाउनुपरेको महासंघका जिल्ला अध्यक्ष शिव ढकालले जानकारी दिए ।

‘संघीय राजधानी काठमाडौंको नजिक भएर पनि किसानले पाउनुपर्ने हरेक सुविधाबाट काभ्रेका किसान वञ्चित छन्,’ जिल्ला अध्यक्ष ढकालले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन भएर पनि किसानको अवस्थामा कुनै परिवर्तन भएको छैन । त्यसमा पनि कृषि उत्पादनका आधारभूत आवश्यकता मल, बिउविजन, कीटनाशक औषधिको अभावले किसान मारमा परेका छन् ।’

समयमा रासायनिक मलको चरम अभावले काभ्रेका किसान ठूलो मारमा परेकाे उनले बताए । उनले भने, ‘काभ्रेमा तत्काल युरिया मल १० हजार मेट्रिक टन र डिएपी पाँच हजार मेट्रिक टन आवश्यक छ, सरकारले तुरुन्त उपलब्ध गराउनुपर्छ ।’ उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य हरि तिमल्सिना, झलक लामिछाने र वासु धिताललगायतको उपस्थिति रहेको थियो।
 

सुझावित समाचार