मंगलम इन्डस्ट्रिजको बिक्री २०६ प्रतिशत बढ्यो

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

 मंगलम इन्डस्ट्रिजको बिक्री अघिल्लो वर्षको तुलनामा २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाखको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो सात महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गरेको छ ।

लगातार दुई वर्ष कोभिडका कारण सुस्ताएको बजारले पुनः गति लिन लागेको कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए । उनले भने, ‘लगातार दुई वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसायसम्बन्धी गतिविधि पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो ।’

 मंगलमका सबै उत्पादनहरू जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै उत्पादन हुन्छन् । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको  इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । यसका सबै उत्पादनहरू आइएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मंगलमको सिपिभिसी, पिभिसी र एचडिइपी पाइप आइएसओका साथै नेपाल गुणस्तर पनि प्रमाणित छन् ।

सुझावित समाचार