लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण
लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

प्रतिकात्मक तस्बिर ।

पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय  मृतुञ्जय सिंह र भारत बिहार पश्चिम चम्पारण थाना नरकटियागन्ज ग्राम मनिहारी– ३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। 

पर्साको छिपहरमाई गाउँपालिका– १ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।

लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई वन्यजन्तु संरक्षण ऐनसम्बन्धी कसुर मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

सुझावित समाचार