मनाङ आइपुग्यो नाै हजार मतपत्र

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहीबार मनाङ आइपुगेको छ। जिल्लामा आवश्यक पर्ने नौ हजार मतपत्र र ५८ प्रकारका सामग्री आइपुगेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए।

प्रजिअ आचार्यका अनुसार नौ हजार मतपत्र बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्लामा आइपुगेको हो। जिल्लाका चार गाउँपालिकामा २८ वटा मतदान केन्द्र रहेका छन्।

मनाङमा तीन हजार तिन सय ४८ महिला र तीन हजार एक सय ४८ पुरुष गरी कुल ६ हजार चार सय ९६ मतदाता रहेका छन्। चामेमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र र निर्वाचन कार्यालयमा निर्वाचन सामग्री राखिएको प्रजिअ आचार्यको भनाइ छ।

See More On

सुझावित समाचार