बाग्लुङमा नबिलको दिगो बैंकिङ कार्यक्रम

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

नबिल दिगो बैंकिङले बाग्लुङको बाग्लुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।  कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनुपर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गरेर सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको बताइन् ।

नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका बारेमा जानकारी दिएका थिए । अन्तक्र्रियाका क्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंकबीच सम्झौता भएको थियो । पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य बाली–वस्तु उत्पादन तथा प्रवद्र्धन, कृषि बजार विकाससहित व्यावसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जनाका लागि सहयोग गर्न सम्झौता गरेको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

See More On

सुझावित समाचार