सामसङ र एनसेलबिच सहकार्य, आकर्षक एक्सचेन्ज र इएमआई सुविधा उपलब्ध

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपालभरका ग्राहक माझ उन्नत मोबाइल प्रविधि, कृत्रिम बौद्धिकताको अनुभव र तीव्र गतिको डिजिटल कनेक्टिभिटीको पहुँच विस्तार गर्न सामसङ नेपाल र एनसेलले आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका छन्।

दुई कम्पनीबिचको यस साझेदारीमार्फत ग्राहकले सामसङका छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा आकर्षक एक्सचेन्ज बोनस, सहज इएमआई, थप वारेन्टी तथा निःशुल्क डेटा र भ्वाइस प्याकजस्ता विशेष सुविधा पाउनेछन्।

सामसङको ग्यालेक्सी नवप्रवर्तन र एनसेलको बृहत् नेटवर्कलाई जोड्दै ल्याइएको यस योजनाको मुख्य उद्देश्य एआई र आधुनिक प्रविधिलाई महँगा फ्ल्यागसिप फोनमा मात्र सीमित नराखी आमग्राहकको पहुँचमा पुर्याउनु हो। यसअन्तर्गत ‘ग्यालेक्सी ए१७’लगायतका किफायती स्मार्टफोनमा समेत जेनेरेटिभ एआईका सुविधा उपलब्ध हुनेछन्। साथै, छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले १२ महिनासम्म एनसेलको मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।

डिजिटल पहुँचको दूरी कम गर्दै ग्राहकलाई पुरानो २जी प्रविधिबाट छिटो ४जी नेटवर्कमा अपग्रेड गर्न प्रोत्साहित गर्ने अभियानसमेत सुरु गरिएको छ। यसअन्तर्गत ग्राहकले जुनसुकै पुरानो २जी डिभाइस साटेर सामसङको ४जी स्मार्टफोन लिँदा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउनेछन्। न्यूनतम १,२२१ रुपैयाँको मासिक किस्ता विकल्पले गर्दा साधारण प्रयोगकर्तालाई समेत स्मार्टफोन अपग्रेड गर्न निकै सहज हुने कम्पनीको विश्वास छ।

फ्ल्यागसिप फोनमा ३६ महिनासम्म इएमआई र १० हजारसम्म बोनस
प्रिमियम तथा फोल्डेबल स्मार्टफोन खरिद गर्न चाहने ग्राहकका लागि सामसङले ‘हुलास फिन सर्भ’सँगको सहकार्यमा ३६ महिनासम्मको इएमआई सुविधा ल्याएको छ, जसमा मासिक किस्ता ५,१०६ रुपैयाँबाट सुरु हुन्छ। छनोट गरिएका फ्ल्यागसिप मोडेलमा अपग्रेड गर्दा ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् भने योग्य ‘ग्यालेक्सी जेड’ र ‘एस’ सिरिजका फोनमा एक वर्षको थप वारेन्टीसमेत प्रदान गरिनेछ। अन्य विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको इएमआई सुविधा पनि उपलब्ध छ।

विद्युतीय फोहोर व्यवस्थापन र प्रिअर्डर अफर
प्रविधि विस्तारसँगै वातावरणीय जिम्मेवारीलाई पनि अघि बढाउँदै सामसङले प्रयोग भइसकेका विद्युतीय उपकरणको उचित संकलन तथा व्यवस्थापनका लागि ‘साइफरब्ल्क’सँग सहकार्य गर्ने भएको छ। यी सेवा सामसङका सेवा केन्द्र र छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध हुनेछन्।

यसैबिच, २० देखि २३ नोभेम्बरसम्म खुला रहने प्रिअर्डर अवधिमा तोकिएको क्युआर कोडमार्फत बुकिङ गर्ने ग्राहकले रु. ४,९९९ मूल्य पर्ने ‘बड्स कोर’मा ६२ प्रतिशत छुट पाउनेछन्।

सुझावित समाचार