काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से ११.०५ अंकले घटेर दुई हजार ६२५.०५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्ससमेत १.०६ विन्दुले गिरावट भएको छ।
बुधबार कारोबार रकममा समेत गिरावट भएको छ। आज ३४७ कम्पनीका एक करोड एक लाख ६२ हजार कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो।
यस दिन बैंक र म्युचल फन्ड समूह एक प्रतिशतभन्दा थोरैले बढ्दा बाँकी समूहको सूचकमा गिरावट देखिएको छ। व्यापार समूह २.४९ प्रतिशतले गिरावट हुँदा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटे।
आज सर्वाधिक बढेका सानिमा लार्ज क्याप फन्ड, कुमारी सबल योजना र लिबर्टी इनर्जीका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरै कमाउँदा एभरेस्ट कलरका लगानीकर्ताले ८.६३ प्रतिशत गुमाए। त्यसैगरी, सयपत्री हाइड्रो र सेन्ट्रल फाइनान्स ६ प्रतिशतभन्दा धेरैले घटे।