तामाकोसी–२ मा कांग्रेसको बागी उम्मेदवारी दर्ता

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

तामाकोसी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि बागी उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस दोलखाले जनभावनाविरुद्ध वडा सभापति प्रकाश पाख्रिनलाई टिकट दिएको भन्दै क्षेत्रीय प्रतिनिधिहरूको सहयोगमा ईश्वर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गाउँ पार्टी समितिको निर्णयलाई बेवास्ता गर्दै सभापति लामाले एक्लौटीरुपमा निर्णय गरेर पाख्रिनलाई टिकट दिएको भन्दै असन्तुष्ट बनेका झुलेका नेता–कार्यकर्ताहरुले कार्कीलाई अघि सारेका हुन्। कार्कीसहित खुला वडा सदस्यहरूमा निर्वतमान पार्टी वडा सभापति नानीकाजी तामाङ र कृपध्वज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।  यस्तै महिला सदस्यमा इन्दिरा कार्की र दलित सदस्यमा संगीता विकले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारहरूलाई कांग्रेस महाधिवेशन प्रतिनिधि भवेन्द्र कार्की, कांग्रेस तामाकोसीका उपसभापति वरुण पाख्रिन, सचिव राजेद्र योन्जन, सहसचिव सुवास कार्की तथा वडा उपसभापति नेत्रबहादुर काफ्लेलगायतको समर्थन रहेको बताइएको छ ।

No description available.

सुझावित समाचार