सुनिता डंगोल भन्छिन्– यो युवाहरूलाई उपहारको रूपमा प्रदान गरेको अवसर

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरमा उपमेयर पदका लागि नेकपा एमालेबाट टिकट पाएकी सुनिता डंगोलले यो युवाहरूलाई उपहारको रूपमा प्रदान गरेको अवसर रहेको बताएकी छिन्। 

उनले आफूलाई युवाहरूको प्रतिनिधि पात्रका रूपमा अघि बढाएर पार्टीले महिलाहरू र सामाजिक–सांस्कृतिक अभियन्ताहरूलाई सम्मान गरेको बताएकी हुन्। आफू युवाहरूको प्रतिनिधि बनेर उम्मेदवार बनेको बताउँदै उनले आफूमाथि गरेको विश्वास र भरोसामाथि कुठाराघात हुन नदिने बताएकी छिन्। 

उनले काठमाडौंलाई सांस्कृतिक नगर र राजधानी सहरका रूपमा साँच्चिकै काठमाडौं बनाउने बताइन्। ‘काठमाडौंवासीको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रूपमा प्रदान गरेको अवसर भन्ने मैले ठानेकी छु,’ उनले भनिन्। 
 

सुझावित समाचार