काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद पद त्यागे

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्।

स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै स्वीकृत भएको छ। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा स्थापित भौतिक पूर्वाधार विकासमन्त्री थिए। 

स्थापितले सोमबार उम्मेदवारी दर्ता गर्ने जनाएका छन्। मेयरमा जिते आफ्नो प्रमुख लक्ष्य त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गन्तव्यको रूपमा विकास गर्ने रहेको उनले बताए।
 

सुझावित समाचार