मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ। जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका– ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय रञ्जित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

शुक्रबार मध्यराति हुलाकी सडक खण्डमा पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प. २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प. ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरू गम्भीर घाइते भएका  थिए।

उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगिएको र चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार दुवै मोटरसाइकल नियन्त्रणमा राखी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार