ललितपुर महानगरको उपमेयरमा माओवादी केन्द्रका बज्राचार्यको नाम सिफारिस

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्यलाई उम्मेदवार बनाउने निर्णय नगर कमिटीले गरेको छ। शुक्रबार बसेको कमिटीको बैठकले बज्राचार्यलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको हो। 

यसअघि सत्तागठबन्धनको बैठकले ललितपुर महानगरमा मेयरको उम्मेदवार कांगेस र उपमेयरको उम्मेदवार माओवादीबाट बनाउने निर्णय गरेको थियो। सोहीअनुसार वरिष्ठताको आधारमा बज्राचार्यलाई उपमेयरमा उम्मेदवारको लागि सिफारिस गरिएको हो। ललितपुर महानगरमा एमालेले पनि उम्मेदवार चयन गरिसकेको छ। हरिकृष्ण ब्यन्जनकारलाई उम्मेदवार बनाउने टुंगो एमालेले लगाइसकेको हो।

सुझावित समाचार