लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको जानकारी दिए। लमजुङका आठवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालयहरू पनि स्थापना गरिएको उनले जानकारी दिए। लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन्।

लमजुङका आठ स्थानीय तहमा चारजना जिल्लामै कार्यरत र चारजना बाहिरी जिल्लाबाट निर्वाचन अधिकृत तोकिएको छ। सदरमुकाम बेँसीसहर नगरपालिकाका लागि भने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खनाललाई नै तोकिएको छ। त्यसैगरी, सुन्दरबजार नगरपालिकाका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधिवक्ता जीवनिधि पौडेल, मध्यनेपाल नगरपालिकाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल र राईनास नगरपालिकाका लागि उद्योग विभाग काठमाडौंका उपसचिव घनश्याम न्यौपानेलाई तोकिएको छ।

गाउँपालिकातर्फ क्व्होलासोंथरका लागि जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरे, दूधपोखरीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पोखराका अधिकृत दशौँ तह रामप्रसाद आचार्य, दोर्दीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली र मर्स्याङ्दी गाउँपालिकाका लागि लमजुङ जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको छ।

सुझावित समाचार