सिराहामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि सिराहामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सिराहा सदरमुकाममा रहेको कर्मचारी मिलन केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए। सिराहा जिल्लाका १७ वटै स्थानीय तहमा आजै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना हुने उनले बताए।

अहिले एक कार्यालयमा आठ जनशक्ति परिचालन हुने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिएका छन्। सिराहामा नौ गाउँपालिका र आठ नगरपालिका रहेका छन्।

सुझावित समाचार