प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आशंका गर्दै कडा विरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमबार राति सम्पन्न सचिवालय बैठकले विभिन्न आठ निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार यस्ता छन् निर्णय
१. आगामी स्थानीय निर्वाचन सार्ने षड्यन्त्रको कडा विरोध गर्ने र तल्ला तहका कमिटीलाई निर्वाचनको अभियानमा लाग्न आह्वान
२. स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा तयारी समितिले पेस गरेको घोषणा-पत्र पारित
३. कतिपय स्थानीय तहमा सिफारिस भएका नाम प्रदेश र संघीयमा सामानुपातिक सूचीमा रहेकाले ती नाम हटाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिने
४. थप १२ वटा विभाग गठन
५. सल्लाहकार परिषद् १७३ सदस्यीयबाट बढाएर २७८ सदस्यीय बनाउने सल्लाहकार परिषद्को निर्णय अनुमोदन
६. सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने सिफारिस अनुमोदन
७. वैशाख ९ गते नेकपाको स्थापना दिवसको अवसरमा स्थानीय तह निर्वाचन घोषणा-पत्र सार्वजनिक गर्ने र जेष्ठ कम्युनिस्टलाई सम्मान कार्यक्रम गर्ने ।
८. केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सार्ने ।
स्थानीय निर्वाचन सार्ने षडयन्त्र भइरहेको एमाले सचिवालयको निष्कर्ष (आठबुँदे निर्णयसहित)
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
३ हप्ता अघि
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
२ हप्ता अघि
सुझावित समाचार
ल फर्मभित्र धरपकडबारे महान्यायाधिवक्ता कार्यालयको ध्यानाकर्षण, प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने
काठमाडौं । ल फर्मभित्र छिरेर धरपकड गरिएको घटनाको कानुन व्यवसायीले महान्यायाधिवक्ता नारायण कँडेलको ध्यानाकर्षण गराएका छन् । प्रहर…
ल फर्ममा धरपकड गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल बारको माग
काठमाडौं । ल फर्मभित्र छिरेर धरपकड गरिएको घटनाको नेपाल बार एसाेसिएसले विरोध गरेको छ। यसमा संलग्न प्रहरीलाई कारबाही गर्…
मिटरब्याजको कारोबार गर्नेलाई पाँच वर्ष कैदको प्रस्ताव, खाली चेकको कारोबार पनि गर्न नपाइने
काठमाडौं। सरकारले मिटरब्याजसम्बन्धि छुट्टै कानून बनाउने प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धि बिधेयकको म…
मंगलबार १० बजेसम्मका १० खबर
नेपाल प्रहरीका ६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी, बाँकेमा नवराज मल्ल नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक …
इपिजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारत
नयाँदिल्ली । भारतले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिव…
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच उच्चस्तरीय वार्ता सकियो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भारतको नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता …