कांग्रेसको प्रदेश डेस्क स्थापना, सात सहमहामन्त्रीलाई संयोजकको जिम्मेवारी

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेका छन् । 

उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार देउवाले प्रदेश डेक्स स्थापना गरेका हुन् ।

सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी देउवाले सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकेका छन् । 
प्रदेश नं. १ - सहमहामन्त्री जीवन परियार
 मधेस प्रदेश - सहमहामन्त्री भीष्मराज आङ्दम्बे
बागमती प्रदेश - सहमहामन्त्री फरमुल्लाह मन्सुर
गण्डकी प्रदेश - सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”
लुम्बिनी प्रदेश - सहमहामन्त्री महेन्द्र यादव
कर्णाली प्रदेश - सहमहामन्त्री बद्री पाण्डे
सुदूरपश्चिम प्रदेश - सहमहामन्त्री किशोरसिंह राठौर

सुझावित समाचार