गण्डकी प्रदेशका सभामुखलाई आयोगको स्पष्टीकरण

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । ढाँटेर निर्वाचन खर्च विवरण पेस गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि अधिकारीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

पोखरामा मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा अधिकारीले ०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा भएको खर्चको हिसाब आयोगमा बुझाउने क्रममा आफूले ढाँटेर कम खर्च भएको विवरण पेस गरेको बताएका थिए ।

अधिकारीको सो भनाइपछि आयोगले बिहीबार सातदिने म्याद दिएर स्पष्टीकरण सोधेको हो । कार्यक्रममा अधिकारीले ढाँटेर खर्च विवरण पेस गरेको बताए पनि खर्च गरेको कति हो भन्नेबारे केही खुलाएका थिएनन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार सभामुखले बोलेको जे विषय आयोगमा आएको छ, त्यसबारे स्पष्ट रूपमा जानकारी दिन भनी आयोगले पत्र काटेको हो । अधिकारीले निर्वाचन आचारसंहिता मिचेपछि आयोगले पत्र काटेको अर्यालले बताए ।

See More On

सुझावित समाचार