भुटानद्वारा २४ वर्षदेखि जेलमा रहेका राजनीतिक बन्दी रिहा

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

भुटानको केन्द्रीय जेलमा २४ वर्षदेखि रहेका ड्रुक नेसनल कंग्रेसका कार्यकर्ता छेवाङ रिन्जिन रिहा गरेको छ । उनी  २०५४ सालदेखि चम्गाङ केन्द्रीय कारागारमा बन्दी थिए । आस्थाका बन्दीको हैसियतमा रहेका रिन्जिन एक साताअघि रिहा भएको ड्रुक नेसनल कंग्रेसले विज्ञप्तिमा जनाएको छ । 

कंग्रेसले भुटान सरकार र भुटानका राजालाई आफ्ना कार्यकर्ता रिन्जिनको रिहाइप्रति धन्यवाद दिएको छ । राजनीतिक गतिविधिमा संलग्न भएको अभियोगमा रिन्जिनलाई पक्राउ परी भुटानले आजीवन काराबासको सजाय सुनाएको थियो ।

‘हामी आग्रह गर्न चाहन्छौँ कि भुटान सरकारले २००८ मा लोकतन्त्र स्थापना गर्नुभन्दा अघि जेलमा राखिएका सबै मानवअधिकारकर्मी र राजनीतिकर्मीलाई विनासर्त रिहाइ गर्नुपर्छ,’ ड्रुक नेसनल कंग्रेसले भनेको छ । 
 

सुझावित समाचार