चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत्र ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र तथा चुनावी विषयका विविध एजेन्डा तय गरिएको छ।

सुझावित समाचार