चुनावी गठबन्धनबारे जुम्ला कांग्रेस विभाजित

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गरेर जाने विषयमा जुम्ला कांग्रेस विभाजित देखिएको छ। जुम्ला कांग्रेसका सभापति कर्णबहादुर शाही संयोजकत्वमा रहेको कार्यदलले स्थानीय तहमा तालमेल गरेर जाने सहमति गरेको एक दिन पनि नबित्दै कांग्रेसभित्रै फरक मत आएको हो।

उपसभापति कर्मा बुढा र दीपक शाहीलगायतले विज्ञप्ति जारी गर्दै सभापति शाहीले जिल्लाका ६० वडा सभापति, आठ पालिका सभापति, दुई क्षेत्रीय सभापति र सात जिल्ला कार्यसमिति पदाधिकारीसहित ७७ जनाको राय सुझावविपरीत तालमेलको निर्णय गरेको बताएका छन्।

‘चैत २२ र २३ को जिल्ला कार्यसमितिको पूर्ण बैठकबाट गठबन्धन नगर्ने भनी सर्वसम्मत निर्णय भएकाले उक्त निर्णयको मर्म र भावनाविपरीत सभापति कर्णबहादुर शाहीले पार्टीभित्र आन्तरिक छलफल नगरी एकल रूपमा गठबन्धन दलहरूसँग बैठक बसी जुम्लामा गठबन्धन गर्ने भनी गरिएको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति र असहमति छ,’ विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार